प्रदीप यादव

सबैको अधिकार पहिचान, विकास र आत्मसम्मान

नेपालको समग्र राजनीतिक संस्कारमा व्यापारिक लेनदेन र संरक्षणवाद फस्टाइरहेको बेला छोटो समयमै स्थानीय स्तरबाट क्षेत्रीय हुँदै राष्ट्रिय राजनीतिमा उदाउनु भएका प्रदीप यादवको राजनीतिक यात्राले विपन्न र समाजमा पछाडी पारिएका समूहहरूको मुद्दा बोकी स्थानीय स्तरमा संगठन विस्तार गर्नुको महत्वलाई आत्मसाथ गर्दछ । यादव आफ्नो राजनीतिलाई सामान्य किसानको सन्तानले चलाएको करोडपतिहरू विरुद्धको अभियानको रूपमा व्याख्या गर्नुहुन्छ । विद्यार्थी राजनीतिको सुरुवाती दिनदेखि उहाँले किसान र श्रमिक वर्गको आवाज उठाउन मद्दत गर्नुभयो । उहाँले प्रतिनिधित्त्व गर्ने क्षेत्रका अधिकांश नागरि यही आवाजको अभावमा राजनीतिक प्रक्रियामा पूर्ण प्रतिनिधित्व प्राप्त नगरी, कमजोर सामाजिक–आर्थिक अवस्थाबाट गुज्रिरहेका थिए । गएको दशकमा विभिन्न चरणमा भएको मधेश आन्दोलनताका यादवमा राजनीतिक जागरण बलियो रूपमा स्थापित भएको थियो । त्यतिखेर मधेशी लगायत ऐतिहासिकरूपमा पछाडी पारिएका समूहरूको लागि अझै समन्यायपूर्ण र समुचित स्थान संस्थागत गर्ने उद्देश्यले ल्याइएको नयाँ राजनीतिक व्यवस्थामा आफ्नो पनि अधिकारको हिस्साको लागि ईतिहासमा पहिलोपटक मधेशका धेरै व्यक्तिहरू आन्दोलनमा होमिएका थिए । यादवले मधेश आन्दोलनमा देखाउनुभएको लगाव र कुशल नेतृत्वको कारणले उहाँलाई राजनीतिमा अघि बढ्दै २०७४ को पहिलो संघीय संसदको चुनावमा सांसद निर्वाचित हुन मद्दत पुग्यो । समुदाय परिचालनमा अनुभव र युवा उर्जाको सम्मिश्रणले यादवलाई राज्य–तहको भ्रष्टाचारको विरोधमा बोल्न, र संविधान र कानुनमा नागरिकता सम्बन्धी रहेको असमान प्रावधानको विरोधमा आवाज उठाउन सहयोग पुग्यो । वाइड–बडी जहाज खरिद र एनसेल लगायतका कतिपय ठुला कम्पनीहरू संलग्न रहेका कर छलिका अभियोगहरूमा खासगरी उहाँले बुलन्द आवाज उठाउनुभएको थियो । सामाजिक पक्षमा उहाँले महिला विरुद्ध गरिएको तेजाब आक्रमण जस्ता कुरीतिका शिकार बनेका महिलाहरूको पक्षमा बलियो आवाज उठाउनुभयो र सिमान्तकृत समूहहरूलाई अझै समानता सुनिश्चित गर्न र राष्ट्रिय मूलधारमा ल्याउनका लागि कानुनी व्यवस्था गर्नुपर्छ भनी आवाज उठाउनुभयो । जन–केन्द्रित राजनीतिमा यादव अनवरत लागिरहनुभएको छ । आफूले प्रतिनिधित्व गर्ने पार्टी भित्र र बाहिर दुवैथरि राजनीतिक कुरीतिहरूलाई चुनौती दिन यादवको राजनीतिक अभियान जारी छ । युवा र पछाडी पारिएका समुदाय विरुद्ध लड्ने विषयमा, आफ्नै नेतृत्वलाई सचेत गर्ने विषयमा पनि उहाँ पछि हट्नुहुन्न । मधेश आन्दोलनमा अगुवा भूमिका निर्वाह गरी र पार्टीलाई निर्वाचनमा सफलता दिलाउन उपयोगी भई आफ्नो पार्टीको सफलतामा ठुलो योगदान गरेकाले पनि उहाँमा यो आत्मविश्वास आएको हो ।
नेपाली राजनीतिको भविष्यबारे विचार गर्दै गर्दा, नेपालका सबै नागरिकलाई पूर्ण समानता सुनिश्चत गर्नको लागि अझै गर्नुपर्ने र लड्नुपर्ने धेरै पक्षहरू बाँकि रहेको आँकलन यादवको रहेको छ । उहाँको विचारमा राजनीतिक दलहरू भित्रको आन्तरिक  र अन्तरदलीय लोकतन्त्रको अभाव नै अहिलेको मुख्य राजनीतिक चुनौती हो । तर, समन्यायिक तथा समृद्ध समाज निर्माणको उहाँहरूको सपना पूरा गर्न मानिसहरूलाई सहयोग गर्नको लागि अब प्रत्येक समुदायबाट प्रत्येक परिवारसम्म लोकतन्त्रको लाभ पुर्याउनुपर्छ भन्ने उहाँलाई लाग्छ । भ्रष्टाचार अन्त्य गर्नको निम्ति आवश्यक लामो संघर्षको लागि उहाँ सदैव तयार र इच्छुक रहनुहुन्छ ।

जीवनका घटनाक्रमहरु

शैक्षिक, सामाजीक तथा राजनैतिक यात्रा

वि.स २०७९
नेपाल सरकार वन तथा वातावरण मन्त्रीमा नियुक्त
वि.स २०७४
प्रतिनिधिसभा, सांसद निर्वाचित
वि.स. २०७४ अगाडी
विभिन्न कालखण्डमा विधार्थी देखि रास्ट्रीय राजनीतिमा संलग्नता तथा सक्रियता