logo

प्रदीप यादव मन्त्री बन्दा वीरगञ्जमा छायो खुसियाली, चाँदीको मुकुट लगाएर सम्मान, ठाउँठाउँमा भव्य स्वागत

वीरगञ्ज, २७ अषाढ । संघ सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहनगर वीरगञ्जमा सोमबार विभिन्न स्थानमा भव्यताका साथ स्वागत गरिएको छ ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गत शनिबार गृहनगर वीरगञ्ज आइ पुगेका वन मन्त्री यादवलाई त्यही दिन पनि भव्य स्वागत गरिएको थियो ।

सोमबार पनि नवनियुक्त मन्त्री यादवलाई विभिन्न ठाउँका स्थानीयले भव्यताका साथ स्वागत गरेका हुन् । मन्त्री यादवलाई वीरगञ्ज महानगरपालीका वडा नम्बर ३, ४, ५, ७, ८, १८ र २२ मा स्थानीय र निर्वाचित जनप्रतिनिधिले स्वागत र सम्मान गरेका थिए ।

त्यसैगरी उनलाई वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह लगायत त्यहाँ कार्यरत कर्मचारी र उपस्थित स्थानीयले फुलमाला, दोशाला ओढाएर सम्मानित गरेका थिए ।

मन्त्री यादवलाई उनको गृहवडा मनियारमा पनि स्थानीयले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै मन्त्री यादवले स्थानीयहरुको स्वागत र सत्कारले आफू प्रफुल्लित भएको बताका थिए । उनले वीरगञ्जको छोरा मन्त्री नियुक्त हुँदा स्थानीयहरुले दिएको सम्मानको कदर गर्दै जिल्लामै विकासको लहर ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

त्यसतै यादवलाई स्थानीय सञ्चार संस्था मधेसखबर र रातोपाना अनलाइनले पनि आफ्नो कार्यालयमा बोलाएर सम्मानित गरेको थियो भने वीरगञ्ज कलाकार समाजले पनि महानगरपालिकाको कार्यालयमा पुगेर उनलाई सम्मानित गरेको उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए । वीरगञ्ज कलाकार समाजले यादवलाई भोजपुरी संस्कृति झल्काउने गम्छा र घण्टाघरको चित्रकला पनि प्रदान गरेको बरनवालले बताए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ मा वडा अध्यक्ष उमाशंकर तिवारीले मन्त्री यादवलाइ चाँदीको मुकुट लगाएर सम्मानीत गरेका थिए । मन्त्री यादवसँगै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पनि स्थानीयहरुले सम्मानित गरेका थिए ।

त्यसैगरी उनले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा विभिन्न स्थान पुगेर शुभकामना साटासाट पनि गरेका थिए ।

मन्त्री यादवको प्रस्ताव बहुमतका साथ पारित, नेपाल बन्यो जीजीजीआइको सदस्य !

नेपाल ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआइ) को ४४ औँ सदस्य राष्ट्र बनेको छ ।

बुधबार सङ्घीय संसदबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआइ) को सदस्य बन्ने विषयमा प्रस्तुत गरेको प्रस्वात बहुतमतका साथ अनुमोदन भएसँगै नेपाल जीजीजीआइको सहभागितामूलक सदस्य बनेको हो ।

मन्त्रिपरिषद्को २०७७ भदौं १ गतेको बैठकले नेपालले जीजीजीआइको सदस्यता प्राप्त गर्नका लागि नेपाल सन्धि ऐन बमोजिम सङ्घीय संसदमा पेश गर्न वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्री यादवले प्रतिनिधिसभाको साधारण बहुमतबाट स्वीकृति प्रदान गर्नका लागि बुधबार प्रस्ताव संसदमा पेश गरेका थिए ।

संसदमा मन्त्री यादवले जीजीजीआइको विषयमा उठेका प्रश्नहरुको उत्तर दिँदै यसको समाजिक-आर्थिक वृद्धिको लागि हरित विकासको रणनीति मार्फत जैविक विविधता संरक्षण, जलवायू परिवर्तन अनुकूलन र न्यूनीकरणका कार्यक्रम कार्यान्वयन गर्नका साथै वातावरण र विकास बीच सन्तुलन र दिगो विकासका लक्ष्य प्राप्तिमा टेवा पुग्ने बताए ।

त्यसका साथै न्यून हरित ग्यास उत्सर्जनका बाबजुद जलवायु परिवर्तनबाट अति जोखिममा परेको राष्ट्रका सन्दर्भमा नेपाल सरकारले अङ्गिकार गरेका दिगो विकास, वातावरण संरक्षण, गरिवी न्यूनीकरण र समृद्ध नेपाल-सुखी नेपालीको अवधारणालाई मूर्त रुप दिनका लागि विश्वमा छरिएर रहेका जलवायु लगायतका अन्तराष्ट्रिय वित्त, आधुनिक प्रविधि र असल अभ्यासहरुलाई नेपालमा ल्याउनका लागि जीजीजीआइलाई प्रयोग गर्न सकिने मन्त्री यादवले जानकारी दिए ।

नेपाल जीजीजीआइको सहभागितामूलक राष्ट्र भएको कारण यसको सदस्यता तथा कार्यक्रम सञ्चालन गर्नका निमित्त सरकारले कुनैपनि प्रकारको आर्थिक सहयोग गर्न नपर्नु पर्ने यादवले जानकारी दिए ।

जीजीजीआइ अनुमोदन भएसँगै नेपालमा हुँदा जलवायु कुटनीति अन्तर्गत अन्तराष्ट्रिय वार्ता प्रक्रिया र जलवायु परिवर्तन सम्वन्धी पेरिस सम्झौतामा उल्लेखित कार्यहरु गर्न प्राविधिक सहयोग प्राप्त हुने मन्त्री यादवले विश्वास व्यक्त गरे । उनले नेपालले जलवायू परिवर्तन सम्वन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धीमा पेश गरेको पहिलो र दोस्रो राष्ट्रिय निर्धारित योगदान एनडीसी कार्यान्वयनमा समेत सहयोग पुग्ने बताए ।

त्यस्तै हरित विकासका लागि लगानि अभिवृद्धि गर्न राष्ट्रिय वित्तिय साधनहरुको सवलीकरण एवम् अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न मद्दत पुग्ने यादवको भनाई छ ।

जीजीजीआइको सदस्य बनेसँगै नेपालले विभिन्न अन्तर्राष्ट्रिय वित्तिय कोषहरुवाट लगानी वृद्धि गर्नका लागि माध्यमको रुपमा प्रयोग गर्न सक्ने उनले वताए । मन्त्री यादवका अनुसार नेपाल जीजीजीआइको सहभागितामूलक सदस्य भएको कारण स्थापना सम्झौताको पक्ष भएपनि कुनै आर्थिक योगदान गर्नु गर्नुपर्ने छैन ।

के हो जीजीजीआइ ?

ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट सन् २०१२ मा सम्पन्न रियो प्लस ट्वान्टी सम्मेलन पश्चात स्थापना भई कार्यरत रहेको एक अन्तरसरकारी निकाय हो । यसको सचिवालय दक्षिण कोरियाको राजधानी सिउलमा छ । जीजीजीआई संस्थाको हालसम्म ४३ राष्ट्र सदस्य थिए भने आजदेखि नेपाल ४४ औं सदस्य राष्ट्र बनेको हो ।

दक्षिण एसियामा पाकिस्तान र श्रीलंका सदस्य रहेका छन् भने भारत पनि सदस्य बन्ने प्रकिया छ । जीजीजीआइ संस्थाको विधान अनुसार यस संस्थामा दुई प्रकारका सदस्येताहरु छन्; योगदानमुलक र सहभागितामूलक । नेपाल यसको सहभागितामूलक बनेको छ ।

जीजीजीआइले हाल नेपाललाई विद्युतीय यातायात, पेरिस सम्झौता अन्तर्गत कार्बन व्यापार, जलवायु स्मार्ट कृषि, हरित हाइड्रोजन, अमोनिया र युरिया परियोजना, बाँस उद्यम विकास र फोहोर व्यवस्थापनमा सहयोग गर्दै आएको छ । सदस्य राष्ट्र बनेसँगै नेपालले हाल पाइरहेको सहयोगमा वृद्धि हुने जीजीजीआइको काठमाडौँ कार्यालयले जनाएको छ ।

प्लाष्टिकजन्य पुष्प गुच्छा, फूल र मालाको आयातमा प्रतिबन्ध लगाउने वन मन्त्री यादवको निर्णय

वीरगन्ज,०३साउन : वन तथा वातावरण मन्त्री प्रदीप यादवले प्लाष्टिकजन्य पुष्प गुच्छा, फूल तथा माला आयात प्रतिवन्ध लगाउन सिफारिस गरेका छन् ।

वन मन्त्री यादवले मङ्गलबार मन्त्रालयबाट निर्णय गर्दै प्लाष्टिकजन्य पुष्प गुच्छा, फूल तथा माला आयातमा प्रतिवन्ध लगाउनु सिफारिस गरेका हुन् ।

प्लाष्टिकजन्य पुष्प गुच्छा, फूल तथा माला आयात निषेध गरेर स्वदेशमै उत्पादन हुने फूललाई बढावा दिनुपर्ने बताउँदै मन्त्री यादवले उक्त वस्तुको आयातमा प्रतिवन्ध लगाउन सिफारिस गरेका हुन् ।

नेपालको धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरुमा फूल तथा फूलबाट निर्मित माला एवम् सजावटका सामाग्रीको अत्यधिक प्रयोग हुने गरेको हुँदा त्यसमा प्रयोग हुने प्लाष्टिकजन्य सामाग्रीको आयात निषेधमा प्रतिवन्ध लगाउन सिफारिस गरिएकको मन्त्री यादवका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए  ।

कार्यक्रमबाहेक पनि तिहार, छठ, जस्ता पर्वहरुमा पनि फूल माला तथा पुष्पजन्य सामाग्रीको प्रयोगका लागि स्वदेशमै उत्पादित फूलको प्रयोगलाई बढावा दिनुपर्ने मन्त्री यादवको धारणा छ । उनका अनुसार प्लाष्टिकजन्य पुष्प गुच्छा तथा फूलहरुको प्रयोग वातावरणीय स्वच्छताको दृष्टिकोणबाट अत्यन्त खराब हुने ठहर गर्दै देशमै उत्पादित फूललाई उपयुक्त बजारीकरण गरी उचित मूल्य दिनुपर्छ ।

प्लाष्टिकजन्य पुष्प सामाग्रीको आयातमा निषेध गर्दा वैदेशिक मुद्रा सञ्चितीमा पनि योगदान पुग्नुका साथै वातावरण संरक्षण गर्ने र स्वदेशी किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा यसका सामाग्रीको उपयोगलाई प्रोत्साहन हुने मन्त्री यादवको बिश्वास छ ।

आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार करिब ६ करोड ५० लाख बराबरको प्लाष्टिकजन्य पुष्प सामाग्रीहरुको आयात भएको पाइएको छ । जुन नेपाली बजारमा उपभोग भएको कुल प्लाष्टिकजन्य पुष्प सामाग्रीको करिब ३० प्रतिशत मात्रै रहेको यसमा संलग्न व्यवसायीहरुको भनाई छ ।

मन्त्री यादवको प्रस्ताव बहुमतका साथ पारित, नेपाल बन्यो जीजीजीआइको सदस्य !

प्रदीप यादव मन्त्री बन्दा वीरगञ्जमा छायो खुसियाली, चाँदीको मुकुट लगाएर सम्मान, ठाउँठाउँमा भव्य स्वागत

पर्साका सांसद प्रदीप यादव वन मन्त्री बन्दै

परमादेशको प्रधानमन्त्री भनेर नहेपौं : प्रदीप यादव

हामी नाङ्गै हिँड्दादेखि हुलाकी सडक उस्तै छ : प्रदिप यादव

यादव समाजवादी पार्टीको केन्द्रीय सदस्यमा मनोनित!